🇬🇧 This complete guide is also available in English.
Read in English ➔

आफू स्वयं उपस्थित हुन नसक्दा आफ्नो तर्फबाट कुनै आर्थिक, कानुनी वा प्रशासनिक कार्य गरिदिन अर्को व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने कानुनी लिखतलाई अख्तियारनामा वा वारेसनामा (Power of Attorney – POA) भनिन्छ। यस्तो लिखतमा आधिकारिक नोटरी पब्लिकको प्रमाणीकरण बिना कानुनी मान्यता हुँदैन।

अख्तियारनामामा नोटरीको भूमिका

मुलुकी देवानी संहिता र नोटरी पब्लिक ऐन अनुसार अख्तियारनामा प्रमाणित गर्दा नोटरीले:

  • अधिकार दिने व्यक्ति (Principal) होस-ठेगानमा रही बिना कुनै दबाब स्वेच्छाले हस्ताक्षर गर्दैछ भन्ने यकिन गर्दछ।
  • दुवै पक्षको सक्कल नागरिकता र औंठाछाप रुजु गर्दछ।
  • आफ्नै रोहबरमा हस्ताक्षर गराई दर्ता किताबमा अभिलेख राख्दछ।

कस्ता काममा अख्तियारनामा चाहिन्छ?

  • विदेशमा रहेका नेपालीहरूले नेपालमा रहेको सम्पत्ति व्यवस्थापन वा बेचबिखन गर्न।
  • अदालतमा मुद्दा मामिला हेर्न वारेस नियुक्त गर्न।
  • कम्पनी वा व्यापारिक कारोबार सञ्चालन गर्न।

हाम्रोनोटरीमा कानुनी मस्यौदा (Drafting) देखि आधिकारिक प्रमाणीकरणसम्मको सेवा उपलब्ध छ।