विदेश अध्ययन वा आप्रवासन भिसा आवेदन गर्दा आवेदकको परिवारको आर्थिक हैसियत र स्वदेश फिर्ता हुने बलियो आधार (Strong Financial Ties) देखाउन जग्गा तथा सम्पत्ति मुल्यांकन प्रतिवेदन (Property Valuation Report) पेश गरिन्छ।
जग्गा मुल्यांकन कागजातमा के के समावेश हुन्छ?
- इन्जिनियरिङ कन्सल्टेन्सीबाट तयार गरिएको विस्तृत प्राविधिक मुल्यांकन प्रतिवेदन (सम्पत्तिको स्थान, क्षेत्रफल, सरकारी दर र चलनचल्तीको बजार मूल्य)।
- स्थानीय वडा कार्यालयबाट जारी गरिएको सम्पत्ति मुल्यांकन सिफारिस पत्र।
- जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) को प्रमाणित प्रतिलिपि।
- जग्गाको नक्सा (Blue Print / Trace Map)।
अनुवाद गर्दा ध्यान दिनुपर्ने कुराहरू
जग्गाको क्षेत्रफल (रोपनी-आना-पैसा-दाम वा बिघा-कठ्ठा-धुर) लाई वर्ग मिटर वा वर्ग फिटमा रूपान्तरण गर्दा र नेपाली रुपैयाँलाई अमेरिकी डलर वा विदेशी मुद्रामा कन्भर्ट गर्दा पूर्ण शुद्धता हुनुपर्छ।
हाम्रोनोटरीमा अनुभवी नोटरी अनुवादकहरूद्वारा इन्जिनियरिङ र वित्तीय शब्दावलीहरूको त्रुटिरहित अनुवाद गरिन्छ।
Leave a Reply