🇬🇧 This complete guide is also available in English.
Read in English ➔

अस्ट्रेलियन अध्यागमन विभाग (Department of Home Affairs) ले भिसा आवेदन (ImmiAccount) मा अपलोड गरिने सबै कागजातहरू सक्कली वा आधिकारिक व्यक्तिबाट प्रमाणित प्रतिलिपि (Certified True Copy) हुनुपर्ने कडा नियम बनाएको छ। नेपालमा यो अधिकार कसलाई छ?

नेपालमा कसले कागजात प्रमाणित गर्न पाउँछ?

अस्ट्रेलियन सरकारको निर्देशिका अनुसार नेपालमा निम्न व्यक्तिहरूले कागजात ‘सर्टिफाई’ गर्न सक्छन्:

  • नोटरी पब्लिक (Notary Public): नोटरी पब्लिक ऐन २०६३ बमोजिम इजाजतप्राप्त नोटरी अधिवक्ता।
  • न्यायाधीश वा अदालतका रजिस्ट्रार (Magistrate / Registrar)
  • शाखा अधिकृत वा सोभन्दा माथिका सरकारी ग्याजेटेड अधिकृत (Gazetted Officers)
सबैभन्दा भरपर्दो माध्यम: अस्ट्रेलिया भिसाका लागि नेपालमा सबैभन्दा बढी मान्यता प्राप्त र सर्वसुलभ माध्यम भनेको आधिकारिक नोटरी पब्लिक नै हो।

सर्टिफाइड ट्रु कपी (Certified True Copy) गर्दा के के लेखिएको हुनुपर्छ?

कागजातको प्रत्येक प्रतिलिपिमा नोटरी पब्लिकले निम्न व्यहोरा खुलाउनुपर्छ:

  1. “This is a true copy of the original document sighted by me” (मैले सक्कल कागजात हेरेर प्रमाणित गरेको सक्कल बमोजिम नक्कल ठीक छ)।
  2. नोटरी पब्लिकको पुरा नाम र हस्ताक्षर।
  3. नोटरी दर्ता नम्बर (Registration / Seal No.)।
  4. प्रमाणीकरण गरिएको मिति।