🇬🇧 This complete guide is also available in English.
Read in English ➔

इमिग्रेसन, रिफ्युजी एन्ड सिटिजनसिप क्यानडा (IRCC) ले क्यानडाको विद्यार्थी भिसा (Study Permit), वर्क भिसा वा स्थायी बसोबास (Express Entry) का लागि गैर-अंग्रेजी कागजातहरू पेश गर्दा प्रमाणित अनुवाद (Certified Translation) र शपथपत्र (Affidavit) अनिवार्य गरेको छ।

IRCC को कडा अनुवाद नियम

  • नेपाली भाषामा जारी भएका सबै कागजातहरू (जस्तै: जन्मदर्ता, विवाह दर्ता, नाता प्रमाणित, लालपुर्जा, कर चुक्ता) अंग्रेजी वा फ्रेन्चमा अनुवाद हुनुपर्छ।
  • अनुवादक स्वयम्, निवेदक वा निवेदकको परिवारको सदस्य हुनुहुँदैन।
  • अनुवादकले आफू दुवै भाषामा पूर्ण दक्ष भएको प्रमाणित गर्ने ‘Translator’s Affidavit’ संलग्न गरेको हुनुपर्छ।
  • आधिकारिक नोटरी पब्लिकको छाप र हस्ताक्षर अनिवार्य छ।

क्यानडा भिसाका लागि आवश्यक मुख्य नेपाली कागजातहरू

  1. पारिवारिक र नागरिक कागजात: जन्मदर्ता, नागरिकता, विवाह दर्ता, नाता प्रमाणित।
  2. वित्तीय प्रमाणहरू: सम्पत्ति मुल्यांकन (Property Valuation), वार्षिक आम्दानी (Annual Income), कर चुक्ता प्रमाणपत्र (Tax Clearance Certificate)।
  3. अध्ययन सम्बन्धी: विगतका सबै शैक्षिक प्रमाणपत्रहरूको नोटरी ट्रु कपी।

हाम्रोनोटरीले क्यानडा IRCC को मापदण्ड १००% पालना गर्दै त्रुटिरहित अनुवाद र नोटरी प्रमाणीकरण सेवा प्रदान गर्दछ।