युनाइटेड किंगडम (UK) को स्टुडेन्ट भिसा (Student Route), कुशल कामदार भिसा (Skilled Worker), वा भिजिट भिसा आवेदन गर्दा यूके भीआई (UKVI) ले गैर-अंग्रेजी कागजातहरूको स्वतन्त्र र प्रमाणित अनुवाद माग गर्दछ।
UKVI अनुवाद मापदण्डमा के के चाहिन्छ?
यूके गृह मन्त्रालय (UK Home Office) का अनुसार आधिकारिक अनुवादमा निम्न विवरण स्पष्ट हुनुपर्छ:
- अनुवाद मूल कागजातको हुबहु र सत्य अनुवाद हो भनी अनुवादकले गरेको पुष्ट्याइँ (Confirmation of Accuracy)।
- अनुवाद गरिएको मिति।
- अनुवादक वा अनुवाद संस्थाको पुरा नाम, हस्ताक्षर, सम्पर्क नम्बर र ठेगाना।
- अनुवादकको आधिकारिक योग्यता वा नोटरी काउन्सिल दर्ता नम्बर।
यूके भिसाका लागि आवश्यक कागजातहरू
- जन्मदर्ता र नाता प्रमाणित (विशेष गरी बाबुआमाको बैंक ब्यालेन्स प्रयोग गर्दा)।
- सहमति पत्र (Parental Consent Letter – यदि १८ वर्ष मुनि भएमा)।
- बैंक वित्तीय विवरण र सम्पत्ति कागजातहरू।
- विवाह दर्ता प्रमाणपत्र (डिपेन्डेन्ट भिसाका लागि)।
- शैक्षिक प्रमाणपत्रहरू र टीबी (TB) टेस्ट रिपोर्ट।
हाम्रोनोटरीमार्फत गरिएका अनुवादहरू यूके भीआई (UKVI) र भीएफएस ग्लोबल (VFS Global) मा पूर्ण रूपमा मान्य हुन्छन्।
Leave a Reply