दुई वा दुईभन्दा बढी व्यक्तिहरू मिलेर कुनै व्यवसाय वा फर्म सञ्चालन गर्दा भविष्यमा आउन सक्ने असमझदारी र आर्थिक विवादबाट बच्न लिखित साझेदारी सम्झौता (Partnership Deed / Agreement) गर्नु पहिलो र अनिवार्य सर्त हो।
साझेदारी सम्झौतामा हुनुपर्ने महत्वपूर्ण सर्तहरू
- पूँजी लगानीको अनुपात: कुन साझेदारले कति प्रतिशत पूँजी लगानी गर्ने।
- नाफा-नोक्सानको बाँडफाँड: व्यापारबाट हुने नाफा वा घाटा कसरी विभाजन गरिने।
- कामको जिम्मेवारी र पारिश्रमिक: दैनिक व्यवस्थापन कसले हेर्ने र व्यवस्थापकीय तलब सुविधा के हुने।
- साझेदार बाहिरिने वा नयाँ भित्र्याउने नियम: कुनै साझेदार अलग हुन चाहेमा लगानी फिर्ता गर्ने प्रक्रिया र मूल्यांकन विधि।
- विवाद समाधान (Dispute Resolution): विवाद उत्पन्न भएमा मध्यस्थता (Arbitration) वा अदालत जाने स्पष्ट प्रक्रिया।
नोटरी प्रमाणीकरण
सम्झौता पत्रलाई आधिकारिक कानुनी हैसियत दिन सबै साझेदारहरूको उपस्थितिमा नोटरी पब्लिकबाट हस्ताक्षर प्रमाणीकरण गराउनुपर्छ। हाम्रोनोटरीमा कर्पोरेट कानुनका विज्ञहरूद्वारा साझेदारी सम्झौताको मस्यौदा तयार गरिन्छ।
Leave a Reply