🇬🇧 This complete guide is also available in English.
Read in English ➔

नेपालको जिल्ला अदालतबाट भएको सम्बन्ध विच्छेद (Divorce) पछि विदेश यात्रा गर्न, विदेशी नागरिकसँग पुनः विवाह गर्न वा आप्रवासी भिसा (PR/Immigrant Visa) आवेदन दिन अदालतको फैसला र मिलापत्रको प्रमाणित अंग्रेजी अनुवाद (Certified Translation of Divorce Decree) अनिवार्य चाहिन्छ।

सम्बन्ध विच्छेद कागजातमा के के अनुवाद गर्नुपर्छ?

  1. जिल्ला अदालतबाट जारी भएको अन्तिम फैसला वा मिलापत्रको प्रमाणित प्रतिलिपि (Decree Sheet / Judgment)।
  2. स्थानीय तह (वडा कार्यालय) बाट जारी भएको सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र (Divorce Registration Certificate)।

अनुवाद गर्दा ध्यान दिनुपर्ने कानुनी बुँदाहरू

  • अदालती फैसलाहरूमा जटिल कानुनी शब्दावली, दफा र नजिरहरू उल्लेख हुने भएकाले अनुभवी कानुन व्यवसायी नोटरी अनुवादकबाट मात्र अनुवाद गराउनुपर्छ।
  • सम्बन्ध विच्छेद अन्तिम भएको र कुनै पुनरावेदन बाँकी नरहेको व्यहोरा स्पष्ट खुल्नुपर्छ।
  • बालबच्चाको जिम्मा (Custody) र अंशबन्डा सम्बन्धी फैसला भए सो व्यहोरा स्पष्ट अनुवाद गरिएको हुनुपर्छ।

हाम्रोनोटरीले अदालती कागजातहरूको त्रुटिरहित र पूर्ण कानुनी अनुवाद सेवा उपलब्ध गराउँछ।