🇬🇧 This complete guide is also available in English.
Read in English ➔

कुनै व्यक्तिले आफ्नो जीवनकालपछि आफ्नो चल-अचल सम्पत्ति कसले पाउने भनी आफ्नो होस-ठेगानमा छँदै स्वेच्छाले लेखेर राख्ने कानुनी लिखतलाई इच्छापत्र (Will and Testament) भनिन्छ। मुलुकी देवानी संहिता, २०७४ ले नेपालमा इच्छापत्र सम्बन्धी आधुनिक कानुनी व्यवस्था गरेको छ।

इच्छापत्र गर्दा पालना गर्नुपर्ने कानुनी सर्तहरू

  • इच्छापत्र गर्ने व्यक्ति उमेर पुगेको र मानसिक रूपमा पूर्ण स्वस्थ हुनुपर्छ।
  • आफ्नो स्वआर्जनको सम्पत्ति वा कानुन बमोजिम आफ्नो भागमा परेको सम्पत्ति मात्र इच्छापत्र गर्न पाइन्छ।
  • कम्तीमा दुई जना साक्षीको रोहबरमा इच्छापत्र तयार गरी हस्ताक्षर हुनुपर्छ।
  • इच्छापत्र आफ्नो जीवनकालमा जुनसुकै बेला रद्द गर्न वा सच्याउन सकिन्छ।

नोटरी र दर्ताको महत्व

इच्छापत्रलाई भविष्यमा विवादरहित र बलियो बनाउन नोटरी पब्लिकको रोहबरमा प्रमाणित गराउनु वा सम्बन्धित सरकारी कार्यालयमा दर्ता गराउनु उत्तम मानिन्छ। हाम्रोनोटरीले कानुन व्यवसायीहरूको परामर्शमा गोपनीय र सुरक्षित रूपमा इच्छापत्रको मस्यौदा तयार गर्न सहयोग गर्दछ।