नेपालमा धेरै नागरिकहरूको नागरिकता, राहदानी, शैक्षिक मार्कसिट वा जग्गाको लालपुर्जामा नामको हिज्जे (Spelling), थर वा जन्ममितिमा सानोतिनो भिन्नता भेटिने गर्छ। यस्तो अवस्थामा भिसा वा सरकारी कामकाज रोकिन नदिन ‘Same Person Affidavit’ वा नाम फरक परेको शपथपत्र बनाउनुपर्छ।
कुन कुन अवस्थामा यो शपथपत्र चाहिन्छ?
- नागरिकतामा र एसईई मार्कसिटमा नामको स्पेलिङ फरक परेमा (जस्तै: Shrestha र Srestha, Bahadur र Bdr.)।
- विवाहपछि महिलाको थर परिवर्तन भई पुराना कागजातसँग नमिलेमा।
- बाबु वा आमाको नाम विभिन्न कागजातमा फरक-फरक लेखिएको भएमा।
- जन्ममिति विक्रम संवत् बाट इस्वी संवत्मा रूपान्तरण गर्दा १/२ दिनको फरक परेमा।
शपथपत्रमा खुलाउनुपर्ने व्यहोरा
शपथपत्रमा “कागजात नं. क मा उल्लिखित नाम र कागजात नं. ख मा उल्लिखित नाम फरक देखिए तापनि ती दुवै नामले म एउटै व्यक्तिलाई जनाउँछ” भनी स्पष्ट खुलाएर नोटरी पब्लिकको रोहबरमा हस्ताक्षर गरिन्छ।
हाम्रोनोटरीमा यस्ता सबै प्रकारका नाम संशोधन सम्बन्धी कानुनी मस्यौदा र प्रमाणीकरण तत्कालै उपलब्ध गराइन्छ।
Leave a Reply