अमेरिका, अस्ट्रेलिया, क्यानडा, यूके वा युरोपेली देशहरूमा विद्यार्थी भिसाका लागि आवेदन दिँदा विद्यार्थीको पढाइ, बसोबास र स्वास्थ्य खर्च अभिभावक वा आफन्तले बेहोर्ने प्रतिवद्धता जनाउन आर्थिक स्पोन्सरसिप शपथपत्र (Financial Sponsorship Affidavit / Declaration) पेश गर्नुपर्दछ।
स्पोन्सरसिप शपथपत्रमा के के समावेश हुन्छ?
- स्पोन्सरको व्यक्तिगत पहिचान: पुरा नाम, स्थायी ठेगाना, नागरिकता नम्बर र विद्यार्थीसँगको नाता।
- आर्थिक क्षमताको घोषणा: स्पोन्सरको वार्षिक आम्दानी, व्यापार, जागिर, घरजग्गा बहाल वा कृषिबाट हुने वैध आयस्रोत।
- आर्थिक दायित्व बहनको प्रतिवद्धता: विद्यार्थी विदेशमा रहँदा लाग्ने सम्पूर्ण ट्युसन फि र लिभिङ कस्ट बिना कुनै अवरोध बेहोर्ने कानुनी प्रतिवद्धता।
- बैंक ब्यालेन्सको विवरण: सम्बन्धित बैंक खाता र मौज्दात रकमको स्पष्ट उल्लेख।
नोटरी प्रमाणीकरण किन अनिवार्य छ?
दूतावासका भिसा अधिकृतहरूले स्पोन्सर स्वयंले यो घोषणामा हस्ताक्षर गरेका हुन् भन्ने पुष्टि गर्न नोटरी पब्लिकको छाप र प्रमाणीकरण खोज्दछन्। स्पोन्सर स्वयं नोटरी समक्ष उपस्थित भई हस्ताक्षर गर्नुपर्छ।
Leave a Reply