आफू व्यक्तिगत रूपमा उपस्थित हुन नसक्ने अवस्थामा आफ्नो हक अधिकार र सम्पत्तिको संरक्षण वा बेचबिखन गर्न अर्को व्यक्तिलाई कानुनी अख्तियारी दिने लिखतलाई अधिकृत वारेसनामा (Power of Attorney) भनिन्छ। नेपालको मुलुकी देवानी संहिता, २०७४ ले यस सम्बन्धमा स्पष्ट व्यवस्था गरेको छ।
वारेसनामाका मुख्य प्रकारहरू
- सामान्य वारेसनामा (General Power of Attorney): सामान्य प्रशासनिक कामकाज, सिफारिस लिने, कर तिर्ने वा पत्र बुझ्ने प्रयोजनका लागि दिइने अख्तियारी। यो नोटरी पब्लिकबाट प्रमाणित गराउन सकिन्छ।
- विशेष अधिकृत वारेसनामा (Special Power of Attorney): घरजग्गा खरिदबिक्री, हक हस्तान्तरण, दानबकस, वा अंशबन्डा जस्ता गम्भीर प्रकृतिका कामका लागि दिइने वारेसनामा। यस्तो वारेसनामा नेपालभित्र भए सम्बन्धित जिल्ला अदालतबाट र विदेशमा भए नेपाली दूतावास (Consular) बाट प्रमाणित गराउनुपर्छ।
नोटरी प्रमाणीकरण हुने वारेसनामाहरू
- कम्पनीका काम कारबाही वा व्यापारिक सम्झौताका लागि दिइने अधिकार पत्र।
- बैंक कारोबार (चेक बुझ्ने, स्टेटमेन्ट लिने) का लागि अख्तियारी।
- अदालती मुद्दामा साधारण वारेस नियुक्त गर्दा।
हाम्रोनोटरीले कानुनी ढाँचा अनुसार वारेसनामाको मस्यौदा तयार पार्ने र आधिकारिक नोटरी प्रमाणीकरण गर्ने सेवा प्रदान गर्दछ।
Leave a Reply