नेपालमा घर वा जग्गा खरिदबिक्री गर्दा मालपोत कार्यालयमा रजिष्ट्रेसन पास हुनुपूर्व क्रेता र बिक्रेताबीच गरिने प्रारम्भिक लिखित सम्झौतालाई बैनाबट्टा (Agreement to Sell) भनिन्छ। यस्तो सम्झौतालाई कानुनी रूपमा सुरक्षित बनाउन नोटरी प्रमाणीकरण अत्यन्त जरुरी हुन्छ।
बैनाबट्टामा नोटरी प्रमाणीकरण किन गर्नुपर्छ?
- हस्ताक्षर र औंठाछापको कानुनी प्रमाण: दुवै पक्षले होस-ठेगानमा रही रकम बुझिलिएको र सर्तहरू मन्जुर गरेको कुरा नोटरीको रोहबरमा प्रमाणित हुन्छ।
- भविष्यमा आउन सक्ने विवादबाट सुरक्षा: यदि बिक्रेताले पछि जग्गा पास गरिदिन आनाकानी गरेमा वा बैना रकम पचाउन खोजेमा अदालतमा नोटराइज्ड सम्झौता अकाट्य प्रमाण मानिन्छ।
- सर्तहरूको वैधानिकता: सम्झौतामा लेखिएका हदम्याद, क्षतिपूर्ति र बैना फिर्ता सम्बन्धी सर्तहरू मुलुकी देवानी संहिता अनुकूल छन् भनी कानुन व्यवसायीले रुजु गर्दछन्।
बैनाबट्टा सम्झौता गर्दा चाहिने विवरणहरू
- क्रेता र बिक्रेता दुवैको सक्कल नागरिकता र पासपोर्ट साइजको फोटो।
- जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) र चालु आर्थिक वर्षको तिरो तिरेको रसिद।
- जग्गाको कित्ता नम्बर, क्षेत्रफल, चारकिल्ला र कुल तय भएको मूल्य तथा बैना रकम।
Leave a Reply