🇬🇧 This complete guide is also available in English.
Read in English ➔

विद्यार्थी भिसा (Student Visa) का लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरूले कलेज/विश्वविद्यालयको अफर लेटर प्राप्त गरेपछि सबैभन्दा धेरै समय कागजात तयारीमा खर्चिनुपर्छ। आवश्यक कागजातहरू समयमै सही तरिकाले नोटरी प्रमाणीकरण (Notarization) र प्रमाणित अनुवाद (Certified Translation) गराउनु भिसा प्राप्तिको पहिलो आधार हो।

विद्यार्थी भिसाका लागि पूर्ण कागजात चेकलिस्ट

१. शैक्षिक कागजातहरू (Academic Credentials)

  • कक्षा १० (SEE/SLC) मार्कसिट र चारित्रिक प्रमाणपत्र।
  • कक्षा १२ (+2) ट्रान्सक्रिप्ट, प्रोभिजनल र माइग्रेसन प्रमाणपत्र।
  • स्नातक (Bachelor’s) तहका वर्ष/सेमेस्टर अनुसारका ट्रान्सक्रिप्ट र डिग्री प्रमाणपत्र।
  • अंग्रेजी भाषा परीक्षाको स्कोर कार्ड (IELTS / PTE / TOEFL)।

२. वित्तीय तथा स्पोन्सरसिप कागजातहरू (Financial Support)

  • स्पोन्सरसिप शपथपत्र (Sponsorship Affidavit)।
  • नाता प्रमाणित प्रमाणपत्र (Relationship Certificate)।
  • जग्गा मुल्यांकन प्रतिवेदन (Property Valuation Report)।
  • वार्षिक आम्दानी विवरण र कर चुक्ता प्रमाणपत्र (Tax Clearance)।
  • बैंक ब्यालेन्स प्रमाणपत्र र बैंक स्टेटमेन्ट।

३. व्यक्तिगत तथा नागरिक कागजातहरू

  • सक्कल राहदानी (Passport)।
  • नागरिकता प्रमाणपत्रको अंग्रेजी अनुवाद।
  • जन्मदर्ता प्रमाणपत्र।
  • प्रहरी चारित्रिक प्रमाणपत्र (Police Clearance)।

हाम्रोनोटरीमा विद्यार्थीहरूका लागि विशेष सुविधा

हाम्रोनोटरीले विद्यार्थीहरूका लागि द्रुत, त्रुटिरहित र सुलभ दरमा सम्पूर्ण कागजातहरूको नोटरी प्रमाणीकरण तथा आधिकारिक अनुवाद सेवा प्रदान गर्दै आएको छ।