🇬🇧 This complete guide is also available in English.
Read in English ➔

विदेश अध्ययन, आप्रवासन वा सरकारी कामका लागि कागजात बुझाउँदा धेरै व्यक्तिहरू ‘Notarized’ र ‘Certified True Copy’ शब्दहरूमा झुक्किने गर्छन्। वास्तवमा यी दुई बीच के फरक छ?

सर्टिफाइड ट्रु कपी (Certified True Copy) भनेको के हो?

यो सक्कल कागजातको दुरुस्त फोटोकपी हो। जब नोटरी पब्लिकले सक्कल कागजात आफ्नै आँखाले हेरेर “मैले सक्कल हेरें, यो फोटोकपी सक्कल बमोजिम हुबहु ठीक छ” भनी छाप र हस्ताक्षर गर्दछ, त्यसलाई ‘Certified True Copy’ भनिन्छ। शैक्षिक प्रमाणपत्र, नागरिकता, राहदानी आदिका लागि यो गरिन्छ।

हस्ताक्षर नोटराइजेसन (Attestation of Execution) भनेको के हो?

यो कुनै व्यक्तिले लिखतमा गरेको हस्ताक्षरको प्रमाणीकरण हो। जस्तै: शपथपत्र (Affidavit), सम्झौता पत्र, मन्जुरीनामा आदिमा व्यक्ति नोटरीको अगाडि उपस्थित भएर हस्ताक्षर गर्छ र नोटरीले “मेरो रोहबरमा फलानो व्यक्तिले हस्ताक्षर गर्‍यो” भनी प्रमाणित गर्छ।

तुलनात्मक तालिका

विषय Certified True Copy Notarized Signature (Affidavit)
प्रमाणित हुने वस्तु कागजातको फोटोकपी (प्रतिलिपि) व्यक्तिको हस्ताक्षर र इच्छा
उपस्थिति सक्कल कागजात भए पुग्ने व्यक्ति स्वयम् अनिवार्य उपस्थित हुनुपर्ने
उदाहरण मार्कसिट, ट्रान्सक्रिप्ट, लाइसेन्स नाता शपथपत्र, स्पोन्सरसिप, वारेसनामा