🇬🇧 This complete guide is also available in English.
Read in English ➔

वैदेशिक अध्ययन, रोजगारी, आप्रवासन (PR) वा भिसा प्रयोजनका लागि नेपाली भाषाका सरकारी तथा कानुनी कागजातहरू विदेशी निकायमा पेश गर्दा प्रमाणित अनुवाद (Certified Translation) अनिवार्य मानिन्छ। नेपालमा नोटरी पब्लिक ऐन २०६३ बमोजिम प्रमाणपत्र प्राप्त नोटरी अनुवादक (Notary Translator) बाट गरिएको अनुवादले मात्र अन्तर्राष्ट्रिय कानुनी मान्यता पाउँछ।

प्रमाणित अनुवाद (Certified Translation) भनेको के हो?

प्रमाणित अनुवाद भनेको मूल कागजातमा उल्लिखित सम्पूर्ण विवरणलाई कुनै फेरबदल नगरी अर्को भाषामा दुरुस्त रूपान्तरण गरी आधिकारिक अनुवादकले आफ्नो हस्ताक्षर, नाम, दर्ता नम्बर र नोटरी छाप (Notary Seal) लगाएर आधिकारिकता प्रदान गरेको अनुवाद हो।

साधारण अनुवादक वा टाइपराइटरबाट गरिएको अनुवाद विदेशी दूतावास, विश्वविद्यालय वा अध्यागमन कार्यालयहरूले स्वीकार गर्दैनन्। नोटरी पब्लिक काउन्सिल नेपालबाट अनुवादकको प्रमाणपत्र लिएको व्यक्तिले गरेको अनुवादलाई मात्र कानुनी रूपमा ‘सर्टिफाइड ट्रान्सलेसन’ मानिन्छ।

मुख्य बुँदा: प्रमाणित अनुवाद गर्दा अनुवादकले “यो अनुवाद मूल कागजात अनुसार सत्य र तथ्यपरक छ” भनी प्रमाणीकरण पत्र (Translator’s Certificate) समेत संलग्न गर्दछ।

प्रमाणित अनुवाद चाहिने मुख्य कागजातहरू

  • व्यक्तिगत तथा नागरिक दर्ता कागजात: जन्मदर्ता प्रमाणपत्र, विवाह दर्ता प्रमाणपत्र, अविवाहित प्रमाणपत्र (Unmarried Certificate), नाता प्रमाणित (Relationship Certificate), मृत्युदर्ता आदि।
  • शैक्षिक कागजातहरू: कक्षा ८/१० को लब्धांक पत्र, चारित्रिक प्रमाणपत्र, नेपाली विश्वविद्यालयका ट्रान्सक्रिप्ट र माइग्रेसन।
  • प्रहरी तथा कानुनी कागजात: प्रहरी चारित्रिक प्रमाणपत्र (Police Clearance Certificate), सम्बन्ध विच्छेदको फैसला, अदालती आदेश, मिलापत्र।
  • वित्तीय तथा सम्पत्ति कागजात: कर चुक्ता प्रमाणपत्र (Tax Clearance), जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा), जग्गा मुल्यांकन प्रतिवेदन (Property Valuation Report)।
  • व्यावसायिक कागजात: कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्धपत्र तथा नियमावली (MOA/AOA), प्यान/भ्याट दर्ता आदि।

काठमाडौँमा प्रमाणित अनुवाद गराउने प्रक्रिया

  1. मूल कागजात तयारी: सबैभन्दा पहिले अनुवाद गराउनुपर्ने कागजातको सक्कल (Original) प्रति साथमा लिनुहोस्।
  2. सक्कल रुजु (Verification): नोटरी अनुवादकले तपाईंको सक्कल कागजात हेरेर आधिकारिकता जाँच गर्दछन्।
  3. दुरुस्त अनुवाद: सरकारी मापदण्ड अनुसार नाम, थर, जन्ममिति, ठेगाना र जारी मिति अंग्रेजीमा (वा तोकिएको भाषामा) त्रुटिरहित अनुवाद गरिन्छ।
  4. नोटरी प्रमाणीकरण र छाप: अनुवाद गरिएको प्रतिलिपिमा अनुवादकको आधिकारिक नोटरी छाप, दर्ता नम्बर, मिति र हस्ताक्षर गरिन्छ।

लाग्ने शुल्क र समय

नेपाल नोटरी पब्लिक काउन्सिलको नियमानुसार सामान्यतया एक पृष्ठको अनुवाद शुल्क कागजातको जटिलता अनुसार रु. ३०० देखि रु. ६०० सम्म लाग्न सक्दछ। हाम्रोनोटरीमा अधिकांश व्यक्तिगत कागजातहरू सोही दिन १ देखि २ घण्टाभित्रै प्राप्त गर्न सकिन्छ।

हाम्रोनोटरी (Hamro Notary) किन रोज्ने?

हाम्रोनोटरी काठमाडौँमा अनुभवी कानुन व्यवसायी तथा आधिकारिक नोटरी अनुवादकहरूको टोलीद्वारा सञ्चालित सेवा हो। हाम्रा अनुवादहरू अमेरिकी दूतावास, अस्ट्रेलियन हाई कमिसन, क्यानेडियन भिसा, यूके भिसा, जापान र युरोपेली देशहरूमा १००% मान्य हुन्छन्।