🇬🇧 This complete guide is also available in English.
Read in English ➔

श्रीमान् वा श्रीमतीलाई डिपेन्डेन्ट भिसामा विदेश लैजान, स्थायी बसोबास (PR) आवेदन दिन वा पारिवारिक पुनर्मिलन भिसाका लागि विवाह दर्ता प्रमाणपत्र (Marriage Certificate) को प्रमाणित अंग्रेजी अनुवाद अनिवार्य हुन्छ। स्थानीय वडा कार्यालयबाट नेपाली भाषामा जारी गरिएको विवाह दर्तालाई आधिकारिक नोटरीबाट अनुवाद गराउनुपर्छ।

विवाह दर्ता अनुवादमा ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरू

दूतावासहरूले पारिवारिक भिसामा वैवाहिक सम्बन्धको प्रमाणलाई अत्यन्तै कडाइका साथ जाँच गर्दछन्। त्यसैले अनुवादमा निम्न विवरणहरू पूर्ण रूपमा सटिक हुनुपर्छ:

  • दुलाहा र दुलहीको पुरा नाम र थर: राहदानी (Passport) मा लेखिएको हिज्जे (Spelling) सँग शतप्रतिशत मिल्नुपर्छ।
  • विवाह भएको मिति र दर्ता मिति: विक्रम संवत् (B.S.) लाई सन् (A.D.) मा रूपान्तरण गर्दा अन्तर्राष्ट्रिय क्यालेन्डर अनुसार यकिन गरिएको हुनुपर्छ।
  • स्थान र ठेगाना: साबिक ठेगाना र हालको स्थानीय तह (गाउँपालिका/नगरपालिका, वडा नं.) स्पष्ट उल्लेख हुनुपर्छ।
  • आमाबुवाको नाम: दुवै पक्षका आमाबुवाको नाम राहदानी वा नागरिकता अनुसार हुनुपर्दछ।

अनुवादका लागि के के कागजात चाहिन्छ?

  1. स्थानीय पञ्जिकाधिकारी (वडा कार्यालय) बाट जारी भएको सक्कल विवाह दर्ता प्रमाणपत्र।
  2. दुलाहा र दुलही दुवैको राहदानी (Passport) वा नागरिकताको प्रतिलिपि (नामको हिज्जे मिलाउन)।
  3. यदि नाम वा थप विवरणमा फरक परेको भए सो सम्बन्धी वडाको सिफारिस पत्र।

विवाह दर्ता अनुवादको प्रक्रिया

हाम्रोनोटरीमा तपाईंले सक्कल विवाह दर्ता लिएर आउनुभएपछि हाम्रा आधिकारिक नोटरी अनुवादकले तुरुन्तै नेपाल सरकारको आधिकारिक ढाँचामा अनुवाद तयार गरी नोटरी प्रमाणिकरण गरिदिनुहुन्छ।