🇬🇧 This complete guide is also available in English.
Read in English ➔

विदेश यात्रा, वैदेशिक अध्ययन वा रोजगारीका लागि नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबाट जारी हुने प्रहरी चारित्रिक प्रमाणपत्र (Police Clearance Certificate / Police Report) एक प्रमुख कागजात हो। यद्यपि हाल नेपाल प्रहरीले डिजिटल रूपमा अंग्रेजीमै रिपोर्ट जारी गर्ने गरेको भए तापनि कतिपय अवस्थामा नोटरी प्रमाणीकरण (Notary Attestation) वा पुरानो ढाँचाको अनुवाद आवश्यक पर्दछ।

प्रहरी प्रतिवेदनमा नोटरी प्रमाणीकरण कहिले चाहिन्छ?

  1. विदेशी दूतावासमा पेश गर्दा: विभिन्न देशका दूतावासहरू (जस्तै यूएई, कतार, साउदी, युरोपेली देशहरू) ले अनलाइन प्रिन्ट गरिएको प्रहरी प्रतिवेदनलाई स्थानीय नोटरी पब्लिकबाट ‘सक्कल बमोजिम नक्कल’ (Certified True Copy) प्रमाणित गर्न माग गर्छन्।
  2. नेपाली ढाँचामा जारी भएको भए: यदि तपाईंसँग स्थानीय प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयबाट नेपाली भाषामा जारी भएको पत्र छ भने त्यसको आधिकारिक अंग्रेजी अनुवाद अनिवार्य हुन्छ।
  3. कन्सुलर प्रमाणीकरणका लागि: दूतावासबाट प्रमाणीकरण गराउनु अगाडि नोटरीको छाप अनिवार्य चाहिन्छ।

आवश्यक कागजात र प्रक्रिया

नेपाल प्रहरीको चालचलन शाखाबाट प्राप्त भएको सक्कल प्रहरी प्रतिवेदन र राहदानी लिएर हाम्रोनोटरीको कार्यालयमा आउन सक्नुहुन्छ। हामी तत्कालै कागजात रुजु गरी आधिकारिक नोटरी प्रमाणीकरण गरिदिन्छौं।