नेपालबाट अस्ट्रेलिया, क्यानडा, अमेरिका, यूके, जापान वा युरोपेली देशहरूमा उच्च शिक्षाका लागि आवेदन दिँदा विश्वविद्यालय तथा कलेजहरूले शैक्षिक प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपि (Certified True Copy) र आवश्यक परेमा अंग्रेजी अनुवाद माग गर्दछन्।
कुन कुन शैक्षिक कागजातहरू प्रमाणीकरण गर्नुपर्छ?
- एसईई / एसएलसी (SEE/SLC) मार्कसिट तथा चारित्रिक प्रमाणपत्र (Character Certificate)
- कक्षा ११ र १२ (+2) को ट्रान्सक्रिप्ट, प्रोभिजनल र माइग्रेसन प्रमाणपत्र
- स्नातक (Bachelor’s) र स्नातकोत्तर (Master’s) का वर्ष/सेमेस्टर अनुसारका ट्रान्सक्रिप्ट र मूल प्रमाणपत्र (Degree Certificate)
- नेपाल मेडिकल काउन्सिल, इन्जिनियरिङ काउन्सिल, नर्सिङ काउन्सिल लगायतका दर्ता प्रमाणपत्रहरू
शैक्षिक कागजातमा नोटरी पब्लिकको भूमिका
अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूले विद्यार्थीका सक्कल कागजातहरू कुरियरबाट मगाउँदैनन्। उनीहरूले आधिकारिक नोटरी पब्लिकले ‘सक्कल बमोजिम नक्कल ठीक छ’ (Certified True Copy of the Original) भनी हस्ताक्षर र छाप लगाएको प्रतिलिपि मात्र स्वीकार गर्छन्।
हाम्रोनोटरीमा अनुभवी नोटरी अधिवक्ताहरूद्वारा शैक्षिक कागजातहरूको दुरुस्त रुजु गरी अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम नोटरी प्रमाणीकरण सेवा उपलब्ध छ।
Leave a Reply