जर्मनीमा उच्च शिक्षा (Study in Germany), अवसर कार्ड (Opportunity Card / Chancenkarte), वा जब सिकर (Job Seeker Visa) का लागि आवेदन दिँदा जर्मन दूतावास काठमाडौँ र जर्मन विश्वविद्यालयहरूले कागजातहरूको सर्टिफाइड अनुवाद र प्रमाणीकरण अनिवार्य गरेका छन्।
जर्मन दूतावासको कागजात प्रमाणीकरण नियम
जर्मनीको लागि आवेदन गर्दा निम्न बुँदाहरूमा विशेष ध्यान दिनुपर्छ:
- शैक्षिक ट्रान्सक्रिप्ट तथा डिग्री प्रमाणपत्रहरू अंग्रेजी वा जर्मन भाषामा प्रमाणित प्रतिलिपि हुनुपर्छ।
- जन्मदर्ता, विवाह दर्ता र अन्य व्यक्तिगत कागजातहरू आधिकारिक नोटरीबाट अनुवाद र प्रमाणीकरण गरिएको हुनुपर्छ।
- अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नोटरीको दर्ता नम्बर, नाम र छाप स्पष्ट अंकित हुनुपर्छ।
चन्सेनकार्टे (Chancenkarte) का लागि आवश्यक अनुवाद
जर्मनीको नयाँ प्वाइन्ट-बेस्ड अवसर कार्डका लागि आवेदन गर्दा आवेदकको शैक्षिक योग्यता, कार्य अनुभव पत्र र भाषा प्रवीणता प्रमाणपत्रको आधिकारिक अनुवाद आवश्यक पर्दछ। हाम्रोनोटरीले जर्मन दूतावासको मापदण्ड अनुसार छिटो र भरपर्दो अनुवाद सेवा उपलब्ध गराउँछ।
Leave a Reply